गुल्मी २ जेठ ।गुल्मीको सत्यवती गाउँपालिकामा सत्ता गठबन्धनलाई हराएर नेकपा एमाले विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा निवर्तमान अध्यक्ष्य तथा नेपाली काँग्रेसका नेता पारिश्वर ढकाललाई ६५६ मतान्तरले पराजित गर्दै एमालेका टिकाराम पाण्डे विजयी भएका हुन् ।पाण्डेले ६२६७ मत ल्याएका छन् भने ढकालले ५६११ मत प्राप्त गरेका छन् । यस्तै उपाध्यक्षमा एमालेकै निरमाया तरामुले गठबन्धनकी उम्मेदवार तेजकुमारी थापालाई हराउँदै विजयी भएकी हुन् ।तस्बीर रातोपाटीवाट
२ जेष्ठ २०७९, सोमबार
प्रतिक्रिया