खोज–अनुसन्धान

आफ्नै भुगोलमा आधा खुम्चियो जसपा



कपिलवस्तु १० बैशाख ।वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा जसपाको लागि लुम्बिनी प्रदेशमा आफूले विगतमा जितेका सिटहरु गुमाएको छ । २०७४ सालमा १३ वटा सिट जितेको जसपाको सिट आधा घटेर ६ मा पुगेको छ ।
आफूले जितेका स्थानीय तह गुमाउँदा जसपाले नयाँ स्थानीय तहहरूमा भने आफ्नो उपस्थिति देखाएको छ । कपिलवस्तुमा विगतमा जितेका मायादेवी गाउँपालिकामा पराजित भए पनि कपिलवस्तु नगरपालिको मेयर र उपमेयर दुवै जित्न सफल भएको छ । यस्तै पार्टीले बाँके जिल्लाको नेपालगन्जमा उपमेयर जितेर उत्साह थपेको छ । पार्टीले बाँकेकै नरेनापुरामा अध्यक्ष र उपाध्यक्ष दुवै जित्न सफल भएको छ । जसपा लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले रुपन्देहीमा गुमाएको पनि बाँके र कपिलवस्तुमा फाइदा भएको दाबी गरे ।
पार्टी रुपन्देहीमा ४ वटा स्थानीय तहमध्ये अहिले एउटा अध्यक्षमा खुम्चिएको । गत स्थानीय निर्वाचनमा जसपाले रुपन्देहीमा रोहिणी, गैडहवा, कोटहीमाई, मर्चवारी गाउँपालिकामा जित हासिल गरेको थियो । यसपटक पार्टी रोहणीको अध्यक्ष मात्र जितको छ ।
प्रदेश अध्यक्ष यादवले लुम्बिनी प्रदेशका कम सिट आएको विषयमा गम्भीर छलफल पार्टी भित्र हुने बताए । उनले भने, ‘रुपन्देहीमा जितिन्छ भनेर गठबन्धन गरिएन तर परिमाण अर्कै आयो ।’ उनले रुपन्देहीका गुमाए पनि अन्य ठाउँमा मेयर र उपमेयर पाएकाले आत्तिन पर्ने अवस्था नभएको बताए ।

प्रकाशित : ११ जेष्ठ २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६