काठमाडौं ११ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनको परिणाम सन्तोषजनक नभएको बताएका छन् ।बुधबार नेकपा ९एमाले० को संसदीय दलको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनको परिणाम पार्टीका लागि सन्तोषजनक नभएको बताएका हुन् । उनले एमालेले ठूलो घेराबन्दी र प्रतिकूलताका बीचमा निर्वाचनमा सामेल हुनुपरेको भन्दै उनले आगामी दिनमा पार्टीलाई थप संगठित र व्यवस्थित बनाउँदै निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका प्रमुख सचेतक विशाल भट्टराईले बताए ।
अध्यक्ष ओलीको सम्बोधनबारे जानकारी दिँदै प्रमुख सचेतक भट्टराईले भने, ‘हाम्रा पार्टीका अध्यक्षले हालै सम्पन्न भएको स्थानीय तहको निर्वाचनको परिणामको बारेमा संक्षिप्त विश्लेषण गर्दै धेरै ठूलो घेराबन्दी र प्रतिकूलताका बीचमा नेकपा ९एमाले० ले जुन परिणाम प्राप्त गरेको छ । त्यो सन्तोषजनक नभए पनि त्यसले नेकपा ९एमाले० लाई थप सुसंगठित भएर, सुव्यवस्थित भएर, सुविचारित भएर आगामी दिनमा थप निर्वाचनका लागि तयारी गर्नुपर्छ भन्ने निष्कर्ष उहाँले प्रस्तुत गर्नुभयो ।’
११ जेष्ठ २०७९, बुधबार








प्रतिक्रिया