अर्थ-वाणिज्य

आर्थिक सर्वेक्षण :निर्यात ८२.९ प्रतिशतले बढ्दा, आयात ३८.६ प्रतिशत वृद्धि




जेठ १५ । प्रेसपार्टी
काठमाडौं । चालु आर्थिक वर्षमा निर्यात ८२ दशमलव ९ प्रतिशतले बढ्दा आयात पनि ३८ दशमलव ६ प्रतिशतले वृद्धि भएको छ।
आर्थिक सर्वेक्षण २०७८÷७९ को अनुसार गत फागुनसम्ममा कुल निर्यात बस्तु वृद्धि भएर १ खर्ब ४७ अर्ब ७५ करोड रुपैंया पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा वस्तु निर्यात ७ दशमलव ८ प्रतिशतले बढेर ८० अर्ब ७८ करोड पुगेको थियो।
यस आर्थिक वर्षमा पाम र सोयाविन तेल, पिना, धागो, ऊनी गलैँचा लगायतका वस्तुको निर्यात बढ्दा अलैंची, चिया, जडिबुटी, तार, तामाको तार लगायतका वस्तुको निर्यात घटेको छ। आयाततर्फ १३ खर्ब ८ अर्ब ७३ करोड रुपैंया पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा आयात २ दशमलव १ प्रतिशतले बढेर ९ खर्ब ४३ अर्व ९९ करोड पुगेको थियो।
चालु आर्थिक वर्षमा पेट्रोलियम पदार्थ, औषधी, कच्चा पाम तेल, कच्चा सोयाविन तेल सुन लगायतका वस्तुको आयात बढेको छ। एम.एस बिलेट, सिमेन्ट, रासायनिक मल, दाल, मोलासिस सुगर लगायतका वस्तुको आयात घटेको छ।
गत फागुन सम्ममा कुल वस्तु व्यापार घाटा पनि ३४ दशमलव ५ प्रतिशतले बढेर ११ खर्ब ६० अर्ब ९९ करोड पुगेको अर्थ मन्त्रालयले जनाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा व्यापार घाटा १ दशमलव ६ प्रतिशतले वृद्धि भइ ८ खर्ब ६३ अर्ब २१ करोड पुगेको थियो।
बढ्दो व्यापार घाटा, खुद सेवा आय र खुद ट्रान्सफरमा आएको कमी, पुँजीगत खाता र वैदेशिक ऋण तथा अनुदान आप्रवाहमा आएको कमीका कारण चालु खाता ४ खर्ब ६२ अर्ब ९३ करोडले घाटामा रहेको सरकारले जनाएको छ।

प्रकाशित : १५ जेष्ठ २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६