खोज–अनुसन्धान

बाघ नियन्त्रणको माग राखेर भएको प्रदर्शनमा गोली चल्दा नविनाको मृत्यू




बर्दियया २४ जेठ । बर्दियामा आक्रमणकारी बाघलाई नियन्त्रणमा लिनुपर्ने माग राखेर प्रदर्शन गर्दा झडप भएको छ । मधुवन नगरपालिकास्थित ओराली बजारमा प्रहरी र प्रदर्शनकारीको बिचमा झडप हुँदा २४ वर्षीया नविना थारुको मृत्यु भएको छ । झडपमा प्रहरीले गोली चलाएको छ । प्रहरीले १ राउण्ड हवाई फायर गरेको पुष्टि गर्दै बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले भने– ‘मृतकलाई प्रहरीको गोली लागेको पुष्टि भएको छैन ।’ सोमबार बिहान बाघको आक्रमणबाट अस्मिता थारु घाइते भएकी थिइन् । अस्मिताको नेपालगञ्जमा उपचार हुँदैछ । प्रदर्शनको क्रममा ज्यान गुमाएकी नविनाको शव गुलरिया अस्पतालमा राखिएको छ । उनको टाउकोमा चोट लागेको छ । पोष्टमार्टम गरेपछि मात्र उनको मृत्युको कारण थाहा हुने प्रजिअ बास्तोलाले रातोपाटीलाई बताए । मधुवन नगरपालिकामा दुई साताअघि पनि एकजना स्थानीयलाई बाघले आक्रमण गरेको थियो । लगातार बाघको आक्रमण भएपछि स्थानीयले बाघ नियन्त्रण गर्न माग राखेर आन्दोलन गरेका हुन् । लगातार राजमार्ग बन्द गरेपछि प्रहरीले हवाई फायर गरेको प्रजिअले दाबी गरेका छन् ।

प्रकाशित : २४ जेष्ठ २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६