रोल्पा ३० जेठ ।जिल्ला समन्वय समिति रोल्पाको हिजो सम्पन्न निर्वाचनमा नेकपा माओवादी केन्द्रको प्यानल विजयी भएको छ । समितिको प्रमुखमा सीता आचार्य निर्वाचित भएकी हुन् । जिल्ला समन्वय समितिको उपप्रमुखमा सोही पार्टीका कर्मलाल परियार निर्वाचित भएका छन् । समन्वय समितिको सदस्यमा माओवादी केन्द्रको तर्फबाट ईन्द्रबहादुर रोका, केवलप्रसाद घर्ती र शेरबहादुर पुनः निर्वाचित भएका छन् । दलितबाट अल्पसङ्ख्यक सदस्यमा माओवादी केन्द्रका निलम सुनार निर्वाचित भएकी छिन् ।
महिला सदस्यमा सोही पार्टीका जितकुमारी विक, मिना सुनार र शर्मिला पुनमगर निर्वाचित भएका छन् । बीस मतदाता रहेको रोल्पामा माओवादी केन्द्रको १४, नेपाली कांग्रेसको पाँच र नेकपा एमालेको एक मतदाता रहेको छ ।उपप्रमुखबाहेक सबै पदनिर्विरोध भएको हो । उपप्रमुखमा नेपाली काँग्रेसका टेकबहादुर बस्नेतले उम्मेदवारी दिएका थिए । उपप्रमुखमा माओवादी केन्द्रका कर्मलाल परियारले १३ मत र काँग्रेसका टेकबहादुर बस्नेतले ५ मत प्राप्त गरेका थिए । एक मत बदर भएको थियो भने एमालेले मतदानमा सहभागिता जनाएन ।
३० जेष्ठ २०७९, सोमबार
प्रतिक्रिया