अन्तर्राष्ट्रिय

भारतीय सहयोगमा निर्मित २ विद्यालयको एकैदिन उद्घाटन




कपिलवस्तु २४ असार । छिमेकी राष्ट्र भारत सरकारको सहयोगमा कपिलवस्तुमा निर्मित दुई विद्यालय भवनहरुको उद्घाटन भएको छ । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–९ मा अवस्थित शिवभरी माध्यमिक विद्यालय र श्री जानकी उच्च माध्यमिक विद्यालयको काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव करण वंशजले बिहीबार उद्घाटन गर्नुभयो ।शिवभरीमा सात सय र जानकी उच्च माध्यामिक विद्यालयमा एक हजार तीन सय विद्यार्थीहरु अध्ययनरत छन् भने यी दुवै विद्यालय कपिलवस्तु जिल्लाको सबैभन्दा पुराना विद्यालय हुन् । शिक्षा क्षेत्रमा भारत–नेपाल विकास सहकार्यअन्तर्गत सामुदायिक विकास परियोजनाको रुपमा ५ करोड ९२ लाख रुपियाँ लागतमा यो परियोजना अघि बढेको थियो ।
भारतीय राजदूतावासले भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सवको अवसरमा यी परियोजनाहरुको उद्घाटन गरिएको जनाएको छ । सन् २००३ यता भारतले नेपालमा पाँच सय २७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेको छ । यस्तै, स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटि, सरसफाइ र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातैवटा प्रदेशमा चार सय ७० वटा परियोजना सम्पन्न भइसकेका छन् ।

प्रकाशित : २४ असार २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६