अन्तर्राष्ट्रिय

लुम्विनीको नयाँ सफलता : नेपालको सिमेण्ट पहिलो पटक भारत निर्यात




परासी २५ असार । लुम्विनी प्रदेशको अन्तराष्ट्रिय ब्यपारमा नयाँ सफलता रेकर्ड भएको छ । यहाको नवलपरासीमा रहेको एक नेपालको सिमेण्ट उद्योगको उत्पादन पहिलो पटक भारत निर्यात भएर यस्तो अवस्था देखा परेकोहो । नववपरासीको सिमेण्ट उद्योगले सिमेण्ट आफ्नो उत्पादन भारत निर्यात शुरु गरेको हो । पश्चिम नवलपरासीको सुनवल–७ मा रहेको पाल्पा सिमेन्टले आफ्नो उत्पादन पहिलो पटक भारत निर्यात गर्न सुरु गरेको छ ।स्थानीय,प्रदेश तथा राष्ट्रिय स्तरमा बजारीकरण गर्दै आएको पाल्पा सिमेण्ट इन्डष्ट्रीज लिमिटेडले शुक्रबारदेखि तानसेन सिमेण्ट भारततर्फ निकासी गरेको छ । उद्योगले एक औपचारिक समारोहको आयोजना गरी भारततर्फ सिमेण्ट निर्यातको शुभारम्भ गरेको हो ।उद्योगका प्रमुख अतुल दाल्मियाको अध्यक्षता ,सुनवल नगरपालिकाकी प्रमुख बिमला अर्यालको प्रमुख आत्थिय
ता र नवलपरासीका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेलको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो ।सो अवसरमा प्रमुख जिल्ला अधिकारी पोख्रेलले जिल्लाबाट अर्को देश उत्पादन निर्यात हुनु गर्वको विषय रहेको भन्दै स्वदेशी उत्पादनमा जोड दिन आग्रह गरे । उनले भने ‘नेपाल आयात गर्ने देशको सूचिमा रहेपनि सिमेन्टमा आत्मनिर्भर भई भारततर्फ पनि निर्यात गर्नु ठूलो उपलब्धी हो ।’त्यसैगरी नगर प्रमुख अर्यालले समृद्धिका लागि उद्योग महत्वपूर्ण आधार रहेको बताउँदै उद्योगलाई स्थानीय सरकारको पूर्ण सहयोग मिल्ने बताइन् ।‘समृद्धिका लागि उद्योग व्यवसायको योग्दान र महत्व धेरै हुन्छ । हाम्रै नगरमा विदेश निर्यात गर्ने सिमेण्ट उद्योग हुनु नगरका लागि गौरब तथा अर्थपूर्ण हो ।

उद्योग सञ्चालन र प्रवद्र्धनका लागि हाम्रो साथ,सहयोग रहनेछ ’ उनले भनिन् ।उद्योगका प्रमुख अतुल दाल्मियाले सिमेण्टमा आत्मनिर्भर बनाउनुका साथै निर्यात गर्ने उद्देश्यले स्थापित उद्योगले उत्पादन बढाउँदै भारततर्फ निर्यात सुरु गरेको बताए । उनले भने ‘ देशमा सिमेण्ट उद्योग बढाउने मात्रै नभई सिमेण्टमा आत्मनिर्भर बनाई बिदेशपनि निर्यात गर्ने हाम्रो लक्ष्य हो, आज पूरा भएको छ ।’उद्योगका प्रबन्ध निर्देशक शेखर अग्रवालले हाल भारतको यूपिमा पठाउन सुरु गरिएको बताए । उनले भने ‘हामीले सुरुवात यूपि र विहार प्रदेशमा पठाउन सुरु गरेका छौं । विस्तारै अन्य क्षेत्रमा पनि विस्तार गर्ने लक्ष्य रहेको छ ।’
सरकारको नयाँ बजेट, नीति र निर्यातमा दिएको जोडअनुसार उत्पादन बढाउँदै भारत सिमेण्ट पठाउन सुरु गरेको उद्योगका जनसम्पर्क प्रबन्धक जीवन निरौलाले बताए । उनले एक पटकमा ७ ट्रक सिमेण्ट भारत पठाउने पछि माग अनुसार दैनिक वा धेरै ट्रक बढाउँदै जाने बताए ।नेपालबाट गोरखपुरस्थित ‘मा’ इन्टरप्राजेज कम्पनीले सिमेण्ट आयात गर्न लागेको हो । नेपालको सिमेण्ट पहाडी चट्टानबाट बनेको हुँदा बलियो भएको भारतमा मागअनुसार पाल्पा सिमेण्ट लान सुरु गरेको उक्त कम्पनीका प्रोपराइटर आश्विन श्रीवास्तवले बताए ।
हाल एक पटक ७ ट्रकबाट सुरु गरेको र आगामी दिनमा बढाउँदै लाने उनको भनाई छ ।पहिलो पटक सिमेण्ट भारत निर्यात गर्न सुरु गरेको पाल्पा सिमेण्टले दैनिक १८ सय टन उत्पादन गर्दै आएको जनाएको छ । नेपालमा ५० भन्दा धेरै सिमेण्ट उद्योगहरु संचालमा रहेका छन्। जसमध्ये पाल्पा सिमेन्ट इन्डष्ट्रीज सहित १५ ओटा सिमेन्ट उद्योगले सिमेन्ट र क्लिंकर दुबै उत्पादन गर्दै आएका छन्। नेपालमा सिमेन्ट उद्योगहरुको वार्षिक उत्पादन क्षमता करिब २ करोड २० लाख टन रहेको विभिन्न तथ्यांकले देखाएको छ।

प्रकाशित : २५ असार २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६