अर्थ-वाणिज्य

लुम्बिनी प्रादेशिक अस्पतालको बेरुजु ५ गुणाले बढ्यो :महालेखा प्रतिबेदन




बुटवल ३० असार।लुम्बिनी प्रदेश सरकार अन्तरगत रहेको बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा अनियमितताको चाङ भेटिएको छ । अस्पतालमा उपकरण तथा औषधि खरिद, कोभिड–१९ महामारी व्यवस्थापन तथा विभिन्न सेवा सुविधाका नाममा अनियमितताहरु भेटिएका हुन् । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदनमा यस्तो भेटिएको हो । अस्पतालमा विगतको भन्दा बेरुजु रकममा समेत करिब ५ गुणाले बढेको छ ।
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको २०७९ सालको प्रतिवेदन अनुसार अस्पतालमा ९ करोड ३२ लाख ७४ हजार बेरुजु भेटिएको हो । गत वर्षको प्रतिवेदनमा १ करोड ९७ हजार ८२ लाख बेरुजु रकम भेटिएकोमा यो वर्ष ४ सय ७१ दशमलव ५३ प्रतिशतले बेरुजु वृद्धि भएको छ । अघिल्लो वर्षभन्दा यो वर्ष ७ करोड ३४ लाख ९७ हजार रुपैयाँ बराबरको बढी रकम बेरुजु भेटिएको हो । महालेखाले यस वर्षको प्रतिवेदनमा ४ करोड ७८ लाख ५८ हजार रकमलाई नियमित गर्नु पर्ने देखाएको छ भने ४ करोड ५४ लाख २१ हजार रकम बराबरको खर्चमा आवश्यक कागजात तथा प्रमाणहरु पेश गर्नु पर्ने देखाएको छ ।
अस्पतालको फार्मेसी सञ्चालन, भवन निर्माण तथा त्यसको प्रयोग, विभिन्न स्वास्थ्य उपमकरण खरिद तथा मर्मत, अस्पतालको कम्पाउण्ड निर्माण तथा भुक्तानी, करार तथा स्थायी कर्मचारीहरुको तलब तथा सेवा सुविधा वितरणका साथै कोभिड–१९ रोकथामका नाममा अनियमिताहरु भेटिएका छन् ।

प्रकाशित : ३० असार २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६