काठमाण्डौ ६ साउन –
राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले भारतका पन्ध्रौँ राष्ट्रपतिमा निर्वाचित द्रौपदी मुर्मूलाई बधाई तथा शुभकामना दिनुभएको छ । राष्ट्रपति भण्डारीले ट्वीटमार्फत शुभकामना दिँदै मुर्मुको कार्यकालमा दुई देशबीचको सहकार्यले नयाँ उचाइ प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
यस्तै, प्रधानमन्त्री देउवाले पनि राष्ट्रपति मुर्मूलाई ट्विटमार्फत बधाई तथा शुभकामना दिनुभएको हो। सत्तारुढ भारतीय जनता पार्टीको तर्फबाट राष्ट्रपति पदको उम्मेदवार मुर्मूले विपक्षी दलका यसवन्त सिन्हालाई पराजित गर्दै विजयी हुनुभएको हो ।
जुलाई २४ तारिखमा राष्ट्रपति रामनाथ कोविन्दको कार्यकाल सम्पन्न भएपछि विजयी मुर्मूले जुलाई २५ तारिखमा राष्ट्रपतिको पदभार सम्हाल्नुहुनेछ । उहाँ भारतको पहिलो आदिवासी महिला राष्ट्रपति समेत बन्नुभएको छ ।
६ श्रावण २०७९, शुक्रबार








प्रतिक्रिया