प्रदेश

चिया बगानमा तीन किशोरी झुण्डिएको अवस्थामा फेला




काठमाण्डौं, ०८ साउन ।
झापामा एउटै रूखमा झुण्डिएको अवस्थामा तीन किशोरी मृत फेला परेका छन् । केचनाकवल गाउँपालिका ५ मा आईतबार बिहान एउटै रूखमा तीन किशोरी झुण्डिएको अवस्थामा फेला परेका हुन्।
स्थानीय बेल्लेगाउँस्थित सुनकोशी चिया बगानको जिङ खोला किनारमा ढल्केको बयरको रूखमा उनीरूको शव मृत अवस्थामा फेला परेको गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजबंशीले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकका अनुसार मृतकमा स्थानीय पञ्चम गणेशकी १६ वर्षिया छोरी करिना, पुवालु गणेशकी १७ वर्षिया छोरी अन्जली र वीरवल गणेशकी १६ वर्षिया छोरी कल्पना छन् ।

हिजो दिउँसोदेखि हराएका उनीहरू आज बिहान करिब ७:३० बजे झुन्डिएको अवस्थामा फेला परेको डीएसपी पाठकले जानकारी दिए । ती तीनै जना किशोरीहरु चिया बगानका मजदुर हुन्। घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बसन्त पाठकले बताए ।

डिएसपी पाठकका अनुसार दुई जना एउटै हाँगामा र अर्की अर्को हाँगामा झुन्डिएको अनस्थामा फेला परेका हुन् । कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशी अनुसार एक जनाले गाई बाँध्ने दाम्लो, अर्कीले प्लाष्टिकको डोरी र अर्कीले गम्छा प्रयोग गरेका छन् ।

सामूहिक आत्महत्या गर्नुपर्ने कारण खुलेको छैन। घटनाबारे प्रहरीले थप अनुसन्धान सुरू गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता पाठकले जानकारी दिए ।

प्रकाशित : ८ श्रावण २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६