प्रदेश

जनप्रतिनिधीले जनतालाई तर्साउने काम बन्द गर्नुपर्छः मन्त्री मेटमणि चौधरी



काठमाण्डौं, ०९ साउन ।
शहरी विकासमन्त्री मेटमणि चौधरीले राजनीतिक दलका नेता र कार्यकर्ताहरुले पुरानो मानसिकता परिवर्तन गर्न जरुरी भइसकेको बताउनुभएको छ । उहाँले जनप्रतिनिधिको रुपमा निर्वाचित स्थानीय तहका मेयर,उपमेयर तथा अध्यक्ष र उपाध्यक्षहरुले प्रहरीलेझैँ जनता तर्साउने काम बन्द गर्नुपर्ने धारणा पनि राख्नुभएको छ ।

नेपाल नगरपालिका संघद्वारा हिजो राजधानीमा नगर प्रमुख,उपप्रमुख एवं प्रशासकीय अधिकृतका लागि आयोजित अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा बताउनुभएको हो । मन्त्रीको भनाइ थियो, ‘तपाईँहरु जनताका घरघरसँग जोडिनुभएको छ । साँचो अर्थमा संघीयता कार्यान्वयन गर्ने ठाउँमा हुनुहुन्छ । अब पनि मेयर,उपमेयर भएर जनतालाई थर्काउने, पुलिसलाई थर्काउने,काममा ढिलाई गर्ने र भ्रष्टाचारमा रम्ने हो भने जनताले सहँदैनन् । तपाईंहरु दलका प्रतिनिधि हुनुहुन्छ । दलको औचित्य पुष्टि गर्नुस् ।’

पछिल्लो निर्वाचनमा जनताले खास खास ठाउँमा प्रमुख दलहरुलाई चुनौती दिएको पक्षलाई उहाँले राम्रो भन्नुभएको छ । ‘दलहरुले मानसिकता परिवर्तन नगर्ने हो भने भविष्य छैन । हामी सुध्रिन जरुरी छ, हाम्रा व्यवहारहरु सुध्रिनु जरुरी छ ।’

हरेक नगर पालिकामा कम्तिमा तीन जना अर्बन प्लानर (शहरी योजनाविद्) को व्यवस्था गरेर व्यवस्थित शहर बनाउने योजना पनि मन्त्रीले सुनाउनुभएको छ ।

प्रकाशित : ९ श्रावण २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६