प्रदेश

व्यवसायीका लागि कपिलवस्तु उद्योग बाणिज्य सघंद्धारा नेतृत्व बिकास तालिम



बाणगंगा, ०९ साउन ।

कपिलवस्तु उद्योग बाणिज्य सघंको आयोजनामा २ दिने ब्यक्तीत्व बिकास, क्षमता अभिबृद्धि र नेतृत्व बिकास तालिम सुरु भएको छ । कपिलवस्तु उद्योग बाणिज्य सघंको आफनै भवनमा सुरु भएको तालिमको आज बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्र अर्यालले उद्यघाटन गरेका छन ।

कार्यक्रममा बोल्दै नगर प्रमुख चक्र अर्यालले ब्यवसायीले उत्पादनमा जोड दिनु पर्ने र त्यसकालागी आधुनिक समय र प्रविधिसगं अपडेट हुनुपर्नेमा जोड दिए । नेपाली बजारमा उत्पादन बढाउन सके नेपालमै ब्यवासायीका लागी अवसर रहेको उनले बताए । कार्यक्रममा सघंका अध्यक्ष डोलकराम घिमिरे, महिला उपाध्यक्ष इन्दीरा तिमिल्सीना, सचिव खुमानन्द घिमिरे(कोपिल) वस्तुगत सदस्य राजेन्द्र बिक्रम शाह लगायतले आआफनो धारणा राखेका थिए ।

सघंका पदाधिकारी, सदस्य तथा क्षेत्रगत उपसमितिका संयोजक र सचिव साथै यस क्षेत्रका करिव ६० बढि तालिममा सहभागि छन । २ दिने तालिमको प्रशिक्षकका रुपमा युवराज भुसाल रहेका छन ।

प्रकाशित : ९ श्रावण २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६