बाँके, १० साउन । बाँकेको कोहलपुर नगरपालिका–१४ मा रहेको पार्वतीपुरमा आज एक दम्पती आफ्नै घरमा मृत अवस्थामा भेटिएका छन् ।
२५ वर्षीय कृष्णकुमार गडेरिया र उहाँकी २३ वर्षीया श्रीमती अञ्जली गडेरिया मृत अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो ।
कृष्णको मुखबाट रगत आएको र दायाँ हातमा चोट लागेको भेटिएको उहाँले बताउनुभयो । उनीहरुको विवाह भएको एक वर्ष भएको बताइएको छ ।
घटनाको वास्तविक अवस्था विस्तृत अनुसन्धान गरेपछि मात्रै थाहा हुन्छु, प्रनाउ न्यौपानेले भन्नुभयो । उहाँले घटना शङ्कास्पद भएको बताउँदै शव परीक्षणका लागि भेरी अस्पताल पठाइएको बताउनुभयो ।








प्रतिक्रिया