प्रदेश

मास्क लगाउन सांसदहरूलाई सभामुखको आग्रह



काठमाण्डौ, १० साउन । सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरूलाई अनिवार्य मास्क लगाउन आग्रह गर्नुभएको छ ।कोरोना सङ्क्रमण बढिरहेको भन्दै सभामुख सापकोटाले आज मङ्गलवार बसेको प्रतिनिधि सभाको बैठकमा सबै सांसदलाई मास्क लगाउन आग्रह गर्नुभएको हो ।

सभामुखले बैठकमा भन्नुभयो, ‘कोभिड–१९ को सङ्क्रमण दर लगातार बढ्दै गइरहेको माननीय सदस्यहरूलाई विदितै छ, तसर्थ संसदका बैठकहरूमा उपस्थित हुँदा आवश्यक सतर्कता अपनाउन र मास्क प्रयोग गर्नुहुन म आग्रह गर्दछु ।’

प्रकाशित : १० श्रावण २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६