प्रदेश

विश्वविद्यालय व्यवस्थापन गर्ने विषयमा सरकार सरकारले ध्यान दिएनः गगन थापा



काठमाण्डौ, १० साउन । नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले विश्वविद्यालय बनाउन र संविधानले सुम्पिएको जिम्मेवारी निर्वाह गर्ने बाटोमा सरकारले ध्यान दिन आवश्यक रहेको बताउनुभएको छ ।

आज मङ्गलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद थापाले यस्तो बताउनुभएको हो । उहाँले सरकार विश्वविद्यालय व्यवस्थापन गर्ने विषयमा सुल्टो नभइ उल्टो बाटो हिँडिरहेको बताउनुभयो । सांसद थापाले संविधानको अनुसूची ५ ले केन्द्रीय विश्वविद्यालयलाई सङ्घले हेर्ने र अनुसूची ६ ले प्रादेशिक विश्वविद्यालयलाई प्रदेशले हेर्ने भने पनि संविधानअनुसार काम नभएको गुनासो गर्नुभयो । ।

उहाँले भन्नुभयो, ‘ हामी सुल्टो बाटो होइन, उल्टो बाटो हिँडिरहेका छौँ । समग्र नेपालको विश्वविद्यालयको शिक्षाको व्यवस्थापन कसरी गर्ने ? हाम्रा कमजोरी, अपर्याप्ततालाई सम्बोधन गरेर कसरी अघि बढ्ने ? भन्नेबारेमा सरकारको ध्यान जानु आवश्यक छ । विश्वविद्यालय बनाउने, संविधानले सुम्पिएको जिम्मेवारी निर्वाह गर्ने सन्दर्भमा सरकारको ध्यान जाओस् ।’

सांसद थापाले सरकार शिक्षासम्बन्धी एउटा राष्ट्रिय नीति, त्यसअन्तर्गत सङ्घीय शिक्षा ऐन, त्यससँग जोडेर विश्वविद्यालयको छाता ऐन, छाता ऐनले विश्वविद्यालयको व्यवस्थापन कसरी गर्ने भन्नेबारेमा गम्भीर बनेर लाग्नुपर्ने बताउनुभयो । सङ्घीय शिक्षा ऐन नल्याएको र अर्कोतर्फ शिक्षा नीति बनाएर प्रस्तुत गर्न नसकेको उहाँको भनाइ छ ।

सांसद थापाले सङ्घीय शिक्षा ऐन एकातिर र विश्वविद्यालय व्यवस्थापन गर्ने सन्दर्भमा विश्वविद्यालयको छाता ऐन नबनाउने, नयाँ विश्वविद्यालय बनाउँदै जाने हो भने भइरहेका विश्वविद्यालयलाई थप ध्वस्त पार्ने दाबी गर्नुभयो ।

प्रकाशित : १० श्रावण २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६