प्रदेश

योगमाया आयुर्वेदिक विश्वविद्यालय विधेयक प्रतिनिधि सभाबाट पारित




काठमाडौं, १० साउन । प्रतिनिधि सभाबाट योगमाया आयुर्वेदिक विश्वविद्यालय विधेयक २०७८ पारित भएको छ। मंगलबार (आज) बसेको प्रतिनिधि सभाको बैठकमा शिक्षामन्त्री देवेन्द्र पौडेलले शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहित राष्ट्रिय सभामा उत्पत्ति भएको योगमाया आयुर्वेदिक विश्वविद्यालय विधेयक, २०७८ माथि उठेका प्रश्नको जवाफ दिनुभएको थियो।

शिक्षामन्त्री पौडेलको जवाफपछि सभामुख अग्निप्रसाद सापकोटाले योगमाया आयुर्वेदिक विश्वविद्यालय विधेयक २०७८ का सन्दर्भमा शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन १ देखि ५ सम्मका उल्लेखित संशोधनको प्रस्ताव निर्णायार्थ प्रस्तुत गर्न गर्नुभएको थियो ।

उक्त प्रस्ताव पारित भएसँगै सभामुख सापकोटाले उक्त संशोधित प्रस्तावलाई प्रतिनिधिसभाबाट विधेयकको महत्त्वपूर्ण अंग बनोस् भनेर ध्वनि मतका आधारमा बहुमतबाट पारित भएको घोषणा गर्नुभएको हो।

प्रकाशित : १० श्रावण २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६