प्रदेश

कपिलवस्तु उद्योग वाणिज्य संघद्धारा व्यावसायीलाई नेतृत्व विकास तालिम प्रदान




कलिवस्तु, १० साउन ।

कपिलवस्तु उद्योग वाणिज्य संघ ले आफ्ना सदस्यहरु उद्योगी व्यापारीलाई व्यक्तित्व विकास, क्षमता अभिवृद्धि तथा नेतृत्व विकास तालिम प्रदान गरेका छन् ।

व्यवसायीलाई उद्यम संगै व्यक्तित्व विकासलाई लक्षित गरि तालिमको आयोजना गरेको आयोजकले जनाएको छ । समापन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद विष्णु पंन्थीले सहभागीहरुलाई तालिममा सिकेका विषयलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिएका थिए ।

उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष उमानाथ पौडेलले उद्योग वाणिज्य संघले व्यवसायीको हितमा विभिन्न कार्यक्रमहरु गर्दै आएको बताउदै यस्ता कार्यक्रमले व्यवसायीक प्रर्वद्धन समेत हुने बताएका थिए ।

सो अवसरमा सहभागीहरुलाई प्रमाणपत्र वितरण समेत गरेका थिए । कार्यक्रम संघका अध्यक्ष डोकलराम घिमिरेको अध्यक्षता र महासचिव मनोज पौडेलको संचालनमा संम्पन्न भएको थियो ।

प्रकाशित : १० श्रावण २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६