प्रदेश

दाउन्नेमा बस दुर्घटना हुँदा ३३ जना घाइते



नवलपरासी, ११ साउन । नवलपरासीको दाउन्नेमा बस दुर्घटना हुँदा ३३ जना घाइते भएका छन् । बिहान महेन्द्रनगरबाट काठमाण्डौका लागि छुटेको ना ५ ख ५१०० नम्बरको बस अनियन्त्रित भइ सडक छेउमा पल्टिएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये ८ जनालाई भरतपुर रेफर गरिएको र अन्यको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रहरी निरक्षक रामनारायण गुप्ताले जानकारी दिनुभयो । दुर्घटनाको पूर्ण विवरण आउन बाँकी छ । पल्टिएको केहीबेरमा बसमा आगलागी भएको थियो ।

आगो लाग्नुअघि सबै यात्रुको उद्धार गरिसकेकाले थप जोखिम हुन नपाएको प्रहरीले जनाएको छ । बसमा विद्युत् सट भएर आगो लागेको हुनसक्ने अनुमान छ ।

प्रकाशित : ११ श्रावण २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६