कृषि

नेपाल र भारतबीच भएको जीटूजी सम्झौता अनुसार रासायनिक मल आउने




काठमाण्डौ, १२ साउन । नेपाल र भारतबीच भएको जीटूजी (सरकारदेखि सरकार) सम्झौता अनुसार रासायनिक मल आउने निश्चित भएको छ । गएको फागुनमा दुई देशबीच पाँच वर्षका लागि जीटूजीको माध्यमबाट मल खरिद गर्ने सम्झौता भएको थियो । सम्झौताको ६ महिनापछि मल नेपाल आउने निश्चित भएको त्यसका लागि सरकारले तत्काल पैसाको व्यवस्था गर्नुपर्ने कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख राजेन्द्रबहादुर कार्कीले बताउनुभयो । भारतको राष्ट्रिय केमिकल फर्टिलाइजर लिमिटेडबाट नेपालले मल खरिद गर्ने सम्झौता गरेको छ ।

भारत सरकारसँग मूल्य, ढुवानीलगायत अन्य सबै कुरामा सहमति भएको छ । भारतले नेपालको भण्डार स्थलसम्म मल ल्याइदिने सम्झौता गरेको छ । भारतले आफूले खरिद गरेको मल नेपाललाई दिने प्रमुख कार्कीले जानकारी दिनुभयो ।

नेपाल र भारतबीच पाँच वर्षका लागि रासायनिक मल आपूर्ति गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार पहिलो वर्ष १ लाख ५० हजार मेट्रिक टन दिने र त्यसपछि हरेक वर्ष १० प्रतिशत वृद्धि गर्दै जाने सहमति भएको हो । देशभर झन्डै ८० प्रतिशत रोपाइँ सकिएपछि बल्ल मल आउने सुनिश्चित भएको छ । यो मल गहुँ बालीका लागि मात्रै आउनेछ ।

एक लाख मेट्रिक टनका लागि गरिएको ग्लोबल टेन्डरमध्ये ३० लाख मेट्रिक टन कोलकाता बन्दरगाहमा आइपुगेको र १,२ दिनभित्रै नेपाल भित्रिन सुरु हुने पनि सरकारले जनाएको छ।

प्रकाशित : १२ श्रावण २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६