पाल्पा, १२ साउन । पाल्पाको रैनादेवि छहरा गाउँपालिका ३ भुवनपोखरीका जिप दुर्घटना भएको छ । झिरबास भन्ने स्थानमा आज विहान जिप दुर्घटना हुँदा ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
चालकसहित घाइते भएकाहरुलाई उपचारका लागि तानसेनतर्फ ल्याउँदै गरेको प्रहरीले जनाएको छ । घटना स्थलमा प्रहरी पठाइए पनि पुगिनसकेको हुँदा जिप नम्बर तथा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको ।








प्रतिक्रिया