प्रदेश

रवि लामिछानेविरुद्ध चुनाव लड्ने पत्रकार खेम भण्डारीको उद्घोष




कैलाली, १२ साउन । कञ्चनपुरका पत्रकार खेम भण्डारीले पूर्व पत्रकार रवि लामिछानेविरुद्ध चुनाव लड्ने उद्घोष गरेका छन्। बुधबार उनले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबी लामिछानेविरुद्ध चुनाव लड्ने घोषणा गरेका हुन्।

उनले लेखेका छन्, ‘एक नालिक छोरीको अस्मिता र प्राण हरण गर्ने राक्षसहरू र ती राक्षस बचाउने मतियारको गुलाम हो रवि लामिछाने ! त्यसैले रवि लड्ने क्षेत्रमा मेरो उम्मेदवारी रहनेछ ।’ न्युज २४ टेलिभिजनमा रहँदा लामिछानेले टेलिभिजनको दुरुपयोग गरेको पनि आरोप लगाएका छन् ।

निर्मला बलात्कार हत्या पछि रवि लामिछाने र खेम भण्डारीको सम्बन्ध चिसिएको थियो । उनीहरु एकले अर्कालाई घटना बङ्गाउन भूमिका खेलेको बताउँदै आएका थिए । साभार नेपाल प्रेस

प्रकाशित : १२ श्रावण २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६