प्रदेश

राष्ट्रिय सभाबाट नागरिकता विधेयक पारित



काठमाण्डौ, १२ साउन । राष्ट्रिय सभाबाट नागरिकता ऐनको संशोधन विधेयक पारित भएको छ । आज बिहीवार बसेको राष्ट्रिय सभाको दोस्रो बैठकले प्रतिनिधि सभाबाट पारित भएर आएको ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९’ बहुमतले पारित गरेको हो ।

राष्ट्रिय सभामा भएको छलफलपछि गृहमन्त्री बालकृष्ण खाणले सांसहरूको प्रश्नको जवाफ दिएपछि बैठकले विधेयक बहुमतले पारित गरेको हो । यसअघि साउन ६ गते शुक्रवार प्रतिनिधि सभाले यो विधेयक पारित गरेको थियो ।

अब यो विधेयक राष्ट्रिय सभाले प्रतिनिधि सभामा नै फिर्ता पठाउने छ र प्रतिनिधि सभाले राष्ट्रपति समक्ष पठाउने छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि यो विधेयक कार्यान्वयनमा आउनेछ । राष्ट्रिय सभाको अर्को बैठक २०७९ साउन २३ गते सोमवार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

प्रकाशित : १२ श्रावण २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६