प्रदेश

दाङले पछिल्लो एक वर्षमा २ लाख ४१ हजार किलो टिमुर निकासी गर्‍यो



दाङ, १४ साउन । दाङबाट पछिल्लो एक वर्षमा झन्डै साढे चार लाख किलो जडीबुटी निकासी भएको छ । राष्ट्रिय वन र निजी वन क्षेत्रबाट ४ लाख ३८ हजार ९ सय ५२ किलो बराबरको विभिन्न प्रकारका जडीबुटी निकासी भएको डिभिजन वन कार्यालय घोराही दाङले जनाएको छ। दाङबाट सबैभन्दा धेरै टिमुर निकासी भएको छ ।

राष्ट्रिय वनबाट २९ हजार ५ सय ५० किलो र निजी वनबाट २ लाख १२ हजार १ सय ९२ किलो गरी २ लाख ४१ हजार ७ सय ४२ किलो टिमुर निकासी भएको डिभिजन वन कार्यालय घोराहीका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिनुभएको छ ।

राष्ट्रिय वन क्षेत्रबाट टिमुर २९ हजार ५ सय ५० किलो, रिठागेडी १६ हजार, मालागेडी १४ हजार ५ सय किलो, तेजपात ७ हजार किलो, अमला ३ हजार, बर्रो १ हजार ५ सय किलो, लहरे गुर्जो २ हजार ५ सय किलो, ब्राहमी १ हजार किलो र चुत्रो २ हजार किलो निकासी भएको छ । यी जटीबुटीको निकासीबाट ६ लाख ५३ हजार रुपैयाँ राजश्व सङ्कलन भएको डिभिजन वन कार्याल घोराहीले जानकारी दिएको छ ।

त्यसैगरी निजी वन क्षेत्रबाट टिमुर २ लाख १२ हजार १ सय ९२ किलो, मालागेडी ५५ हजार २ सय, रिठा ३२ हजार १० किलो, काउलो बोक्रा २९ हजार किलो, दालचिनी बोक्रा २७ हजार ४ सय किलो, तेजपात १८ हजार १ सय किलो, फलखोटो २ हजार किलो, पाषणवेद १ हजार ६ सय किलो, तिगेडी, कालीकाठ र चुत्रो १र१ हजार किलो, अमलवेद ६ सय ५० किलो र चिराईतो २ सय ५० किलो निकासी भएको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।

पछिल्ला केही वर्षदेखि दाङबाट जडीबुटीको उत्पादन र निकासी परिणाम बढ्दै गएको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसीले बताउनुभयो । जडीबुटी खेतीको प्रवर्द्धन तथा उपभोक्ताको आयआर्जनमा वृद्धि गर्न डिभिजन वन कार्यालयले प्रोत्साहन गर्दै आएको छ ।

प्रकाशित : १४ श्रावण २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६