दाङ, १४ साउन । दाङमा नहरमा डुबेर तीन वर्षीया बालिकाको ज्यान गएको छ । घोराही उपमहानगरपालिका १० चारबगियाँकी बिन्दु पुनकी ३ वर्षीया छोरी लिबिसा पुनको नहरमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । बालिकाको हिजो बेलुका नहरमा डुबेर ज्यान गएको हो ।
यस्तै दाङ देउखुरीको गढवामा स्कुल बसले किच्दा तीन वर्षीया बालिकाको ज्यान गएको छ । न्यु मुनराइज बोर्डिङ स्कुलको ना ६ ख ६४३२ नम्बरको बसले किच्दा त्यही स्कुलमा पढ्ने गढवा गाउँपालिका वडा नम्बर–७ मानपुर उत्तर टोलकी पूजा थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
हिजो स्कुल सकेर घर जानेबेला स्कुल बसबाट ओर्लेकी बालिकालाई बसको पछाडिको टायरले किचेको थियो । गम्भीर घाइते भएकी थापाको उपचारका क्रममा लमही अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ । स्कुलको बस चालकलाई प्रहरीले पक्राउ गरेको छ ।








प्रतिक्रिया