काठमाण्डौ, १६साउन । राहदानी विभागले ई पासपोर्टको लागि अनलाइन आवेदन बिहान ११ बजे खुलाउने भएको छ । साँझ साढे चार बजेपछि खुलाउँदै आएको अनलाइन आवेदन भोलिदेखि बिहान ११ बजे खुलाउने विभागले जनाएको हो ।
यो आवेदन प्रि इनरोलमेन्टको लागि हो । विभागले दैनिक २४ सय जनाको लागि प्रि इनरोलमेन्ट खोल्छ । प्रि इनरोलमेन्ट गरिसकेपछि प्राप्त मितिमा राहदानी विभागमा पुग्नुपर्छ । यस्तै विभागले दैनिक २४ सय जनाको कोटा पनि बढाउने जनाएको छ ।








प्रतिक्रिया