कपिलवस्तु, १६ साउन ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले भन्सार छली गरि ल्याईएको साढे २३ लाख बराबरको कपडा सहित निर्वाध ढंगले हिड्ने ट्रक बरामद गरेको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत जिल्लाको शिवराज नगरपालिका वडा नं. ५ मा एक विशेष टोलीले उक्त सामानसहितको ट्रक नियन्त्रणमा लिएको हो ।
विशेष सुराकीको आधारमा भन्सार कार्यालय कृष्णनगरका कर्मचारी र संयुक्त प्रहरी टोलीले सवारी साधनहरु चेकजाँच गर्ने क्रममा उक्त परिमाणको सामान फेला पारेको कपिलवस्तु प्रहरीले जनाएको छ । पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको लु १ ख ७७७० नम्बरको मिनी ट्रकमा बिना भन्सार, बिना बिल ढुवानी गरी ल्याइएको २३ लाख ५६ हजार ४ सय ५२ रुपैयाँ बराबरको फेन्सी कपडा बरामद गरिएको हो ।
उक्त सामानसहित ट्रक, चालकलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय कृष्णनगर पठाईएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी तथा प्रबक्ता प्रहरी नायव उपरीक्षक जेसी शाहले जानकारी दिए ।








प्रतिक्रिया