प्रदेश

पहिरोले घर बगाउँदा म्याग्दीमा दुई जनाको ज्यान गयो, तीन बेपत्ता



म्याग्दी, १७ साउन । म्याग्दीको मालिका गाउँपालिका–२ रुमको तामिङमा पहिरोले घर बगाउँदा दुुई जनाको ज्यान गएको छ । तीन जना बेपत्ता भएका छन् ।

आज बिहान घामबहादुर विक र गोठे विकको घर पहिरोले बगाएको हो । घटनास्थलमा रहनुभएका निवर्तमान वडा सदस्य समबहादुर विकका अनुसार गोठे विकका छोरा राजन र नवीनको शव भेटिएको छ ।

गोठे र उहाँकी श्रीमती गोरी विक पहिरोमा परेर घाइते भएका छन् । घामबहादुर, उहाँकी श्रीमती राममाया र छोरी रोजी विक बेपत्ता भएका छन् । स्थानीयवासीले बेपत्ताहरुको खोजी गरिरहेका छन् ।

मालिका गाउँपालिकाका अध्यक्ष वेगप्रसाद गर्बुजाले जनप्रतिनिधि र सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ जाँदै गरेको जानकारी दिनुभयो । घटनास्थल तामिङगाउँ रुमको फेदीमा पर्छ । मालिका गाउँपालिकाको केन्द्र दरवाङबाट करिब तीन घण्टा पैदलयात्रापछि घटनास्थलमा पुग्न सकिन्छ । रासस

प्रकाशित : १७ श्रावण २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६