दाङ, १७ साउन । दाङको घोराहीमा बेवारिसे अवस्थामा एक पुरुषको शव भेटिएको छ । घोराही उपमहानगरपालिका १५ मा आज बिहान अन्दाजी ५०,५५ वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । मृतक पुरुषको नाम र ठेगाना खुलेको छैन । शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको छ ।
१७ श्रावण २०७९, मंगलबार








प्रतिक्रिया