प्रदेश

करिब साढे चार लाख भ्रष्टाचार आरोपमा छत्रदेवका प्रशासकीय अधिकृत विरुद्ध मुद्दा दायर




अर्घाखाँची, १७ साउन । अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृत रामजी जोशीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । फर्निचर खरिदमा ४ लाख ४७ हजार ५०० रूपैयाँ भ्रष्टाचार भएको ठहरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आर्थिक वर्ष २०७३/०७४ मा फर्निचर खरिद गर्दा वास्तविक मूल्यभन्दा फरक मूल्य राखिएको, बिल अनुसारका सामान दाखिला नगरिएको, प्रतिस्पर्धा सीमित हुने गरी सामानहरू खरिद गरेको अख्तियारको भनाइ छ ।

जोशी सरुवा भएर गएपछि कार्यालयको स्टोर व्यवस्थापन गर्ने क्रममा दाखिला प्रतिवेदन बनाई खरिद नै नगरिएको सामानको बील भरपाइ पेस गरिएको भन्दै अख्तियारले कैद तथा जरिबानाको मागसहित मुद्दा दायर गरेको हो ।

प्रकाशित : १७ श्रावण २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६