जीवनशैली

मुग्लिन–नारायणगढ सडकखण्ड खुल्यो



काठमाण्डौ १८ साउन – पहिरो पन्छाएपछि मुग्लिन–नारायणगढ सडकखण्ड खुलेको छ । पहिरो खसेको झण्डै ८ घण्टापछि सडक खुलेको सडक डिभिजिन कार्यालय भरतपुरका इञ्जिनियर सागर कार्कीले जानकारी दिनुभयो ।
सडकमा गएराति र अस्ति सोमबार रातिदेखिका केही गाडी रोकिएकाले लामो जाम छ । लेन अनुशासन पालना गरेर गाडी चलाउन उहाँले आग्रह गर्नु भएको छ । रोकिएका सबै गाडी एकैपटक चल्दा लेन अनुशासन पालना नहुने र यसकै कारण जाम हुने गरेकाले लेन अनुशासन पालना गर्न उहाँले आग्रह गर्नु भएको हो ।
गएराति सडक खुल्दा पनि यसैगरी लेन अनुशासन पालना नगर्दा हिजो दिनभर रोकिएका सबै गाडी पार हुन पाएका थिएनन् । चितवनको भरतपुर महानगरपालिका २९ मा पर्ने केराबारीमा फेरि पहिरो खस्दा गएराति २ बजेदेखि सडक ठप्प भएको थियो । अस्ति सोमबार राति ११ बजेदेखि बन्द भएको सडक झण्डै २४ घण्टा पछि गएराति साढे १० बजे खुलेको थियो । तर, फेरि २ बजेतिर पहाडको ढिस्कोसहित पहिरो झरे पछि अबरुद्ध भएको थियो ।

प्रकाशित : १८ श्रावण २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६