जीवनशैली

कोशी नदीको भंगालो फुटेर बस्तीमा पस्यो



काठमाण्डौ १८ साउन – कोशी नदीको भंगालो फुटेर उदयपुरको बस्तीमा पसेको छ । आज बिहान ४ बजेदेखि एउटा भंगालो बस्तीमा पसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
यो भंगालोलाई यसअघि नै रोक्ने प्रयास गरे पनि सम्भव नभएको र आज बिहान भंगालो फुटेर बस्तीमा पस्न थालेको प्राधिकरणका प्रवक्ता डा। डिजेन भट्टराईले जानकारी दिनुभयो । भंगालो उदयपुरको बेलका नगरपालिकाको डुम्रेबाट पश्चिम कटान गर्दै सिसौली टप्पु–चिलिया बस्ती पस्ने जोखिम छ । नदी बस्तीमा पसेपछि त्यहाँका झण्डै एक हजार घरपरिवार प्रभावित हुन सक्ने देखिएको छ ।
प्रभावित परिवारलाई अहिले अस्थाई स्थानान्तरणको काम भैरहेको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो । अहिले सुरक्षाकर्मी, जिल्ला प्रशासन कार्यालय उदयपुर नगरपालिकाको विपद् टोली खटिएको छ ।

प्रकाशित : १८ श्रावण २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६