जीवनशैली

आज पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना



काठमाण्डौ १८ साउन – आज पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मनसुन सक्रिय नै रहेकाले आज दिउँसोसम्म नै धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रदेश १, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षा हुने अनुमान छ । यस्तै, राति पनि वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो । आज बेलुकादेखि भने पानी पर्ने क्रम बिस्तारै कम हुँदै जाने अनुमान छ । तर, हल्का पानी पर्दा पनि पहिरोको जोखिम हुने भएकाले सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।

प्रकाशित : १८ श्रावण २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६