प्रदेश

कपिलवस्तुको बाणगंगामा मोटरसाईकल दुर्घटना हुदाँ २ जनाको ज्यान गयो




कपिलवस्तु, १८ साउन ।
कपिलवस्तुको बाणगंगामा मोटरसाईकल दुर्घटना हुदाँ २ जनाको ज्यान गएको छ । बुधवार विहान करिब ९ः१० मा बाणगंगा २ पिपराको मेचकुरी बाट लखन चोक आउँदै गर्दा गोवडीहवामा रुखमा ठोकिदाँ २ जनाको ज्यान गएको हो । लु ६४ प ५७६२ नम्बरको मोटरसाईकल अनियन्त्रित भई रुखमा ठोकिएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख दिपक बाबु के.सी.का अनुसार मोटरसाईकल चालक वडा नं.२ निवासी २५ बर्षीय रमेश वि.क.र पछाडी २७ बर्षीय गोपाल वि.क.को ज्यान गएको हो । दुर्घटनामा गम्भिर घाईते भएको दुवै जनालाई लुम्बिनी प्रादेशिक अस्पतालले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रमुख केसीले जानकारी दिए ।

प्रकाशित : १८ श्रावण २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६