प्रदेश

कपिलवस्तुका विद्यार्थी संगठनले बुझाए शूल्क वृद्धि फिर्ताको माग गर्दै ज्ञापनपत्र




कपिलवस्तु, १८ साउन ।
पब्लिक क्याम्पस संघ कपिलवस्तुले जिल्लाका सामुदायिक विद्यालयहरुमा गरेको शूल्क वृद्धि फिर्ताको माग गर्दै विद्यार्थी संगठनहरुले सामुहिक ज्ञापनपत्र बुझाएका छन् । बुधबार संघका जिल्ला अध्यक्ष डा. विनय पाण्डेयलाई भेटेरै जिल्लाका क्रियाशिल ६ विद्यार्थी संगठनहरुले सामुहिक ज्ञापनपत्र बुझाएका हुन् ।

विद्यार्थी संगठनहरुले बुझाएको ज्ञापनपत्रमा तत्काल ४ दिने अल्टिमेटम छ । आगामी ४ दिन भित्र माग सुनुवाई नभए संघर्षका कार्यक्रम घोषणा गर्ने विद्यार्थी नेताहरुले बताएका छन् । उनीहरुका अनुसार ४ दिन पछि शूल्क वृद्धि फिर्ता नलिए क्याम्पसहरुमा विरोधसभा आयोजना गर्ने, हातमा कालोपट्टी बाधेर विरोध गर्ने, क्याम्पस प्रमुखलाई क्याम्पस आउन निषेध गर्ने, अनसन बस्ने लगायत रहेका छन् ।

संघले हालै मात्र ९ सय ७५ मासिक शूल्कलाई बढाएर १५ सय पुर्याएको छ । भर्ना र अन्य शूल्कमा समेत भारी शूल्क वृद्धि भएको छ । शूल्क वृद्धिको विद्यार्थी संगठनहरुले चौतर्फी विरोध गरिरहेका छन् । विद्यार्थी संगठनहरुले बुझाएको ज्ञापनपत्र बुझ्दै संघका अध्यक्ष पाण्डेयले ज्ञापनपत्रलाई अध्ययन गरि कार्यान्वयन गर्न तर्फ पहल गर्ने प्रतिवद्धता जनाएको अनेरास्ववियू कपिलवस्तुका अध्यक्ष दिपक अनुरागीले जानकारी दिए ।

ज्ञापनपत्र बुझाउनेमा एमाले निकट अनेरास्ववियू, कांग्रेस निकट नेविसंघ, माओवादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी), एकीकृत समाजवादी निकट अनेरास्ववियू, विप्लव निकट अखिल (क्रान्तिकारी) र राष्ट्रिय जनमोर्चा निकट अखिल (छैठौं) रहेका छन् ।

प्रकाशित : १८ श्रावण २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६