प्रदेश

मंसिर ४ गते चुनाव गर्न सत्तारुढ गठबन्धन सहमत



काठमाडौं, १७ साउन । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत भएका छन् । अब भोलि बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गर्ने एक नेताले बताए ।

निर्वाचन आयोगले मंसिर २ गते चुनाव गर्न परामर्श दिएको छ, तर प्रधानमन्त्री शेरबहादुर देउवा ४ मंसिरमा गर्ने तयारीमा छन् । सत्तारुढ पाँचदलीय गठबन्धनको बुधबार बालुवाटारमा बसेको बैठकमा प्रदेश र प्रतिनिधि सभा चुनावबारे छलफल भएको थियो । बैठकमा सहभागी एक नेता भन्छन्, ‘मंसिर ४ मा चुनाव गर्ने सहमति भएको छ, भोलिको क्याबिनेटले मिति घोषणा गर्छ ।’

नेताहरुका अनुसार चुनाव घोषणापछि पनि संसद कायमै रहने गठबन्धनका नेताहरुको बुझाइ छ । ‘चलाउने कि नचलाउने अलग कुरा हो, तर हाउस रहन्छ,’ गठबन्धनका एक नेता भन्छन्, ‘संसद चलाइराख्न धेरै रुचि छैन । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पास गरेपछि अधिवेशन अन्त्य हुन्छ होला ।’

प्रकाशित : १८ श्रावण २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६