प्रदेश

म्यादी प्रहरीको भर्ना फेरि खुल्ने, स्थानीय चुनावमा खटिएकालाई प्राथमिकता




काठमाडौं, १९ साउन । मंसिर ४ गते हुने चुनावका लागि सरकारले म्यादी प्रहरीको भर्ना फेरि खुलाउने भएको छ । प्रदेश र प्रतिनिधि सभा निर्वाचनको सुरक्षाका लागि चार सुरक्षा संयन्त्रका जनशक्ति मात्रै पर्याप्त नहुने भएकाले म्यादी प्रहरी भर्ना खुलाउने भएको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता टेकप्रसाद राईका अनुसार अब प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि विशेष योजना योजना बन्ने छ भने त्यही अनुसार म्यादी प्रहरीको भर्ना खोलिने छ । सुरक्षा योजनालाई केन्द्रीय सुरक्षा समितिले स्वीकृत गरेपछि लागू हुन्छ । चुनावमा नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी चार घेराको सुरक्षा व्यवस्था रहन्छ । म्यादी प्रहरीले प्रहरीको प्रत्यक्ष मातहतमा रहेर काम गर्छ ।

स्थानीय तहको निर्वाचनमा एक लाख म्यादी प्रहरी भर्ना गरिएको थियो । नेपाल प्रहरीले चाहिँ १ लाख १९ हजार म्यादी प्रहरी माग गरेको थियो । प्रहरी नायब महानिरीक्षक (डिआइजी) समेत रहनुभएका प्रवक्ता राईले विगतमा स्थानीय तह निर्वाचनमा काम गरेकालाई नै प्राथमिकता दिएर म्यादी प्रहरीको भर्ना गर्ने प्रस्ताव लैजाने बताउनुभयो । उहाँका अनुसार विगतमा झैँ यसपालि पनि पूर्वसुरक्षाकर्मीहरुले पनि प्राथमिकता पाउनेछन् ।

प्रकाशित : १९ श्रावण २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६