प्रदेश

चुनावको मिति तय भएकोमा एमाले खुसी छः उपाध्यक्ष नेम्वाङ



रुपन्देही, १९ साउन । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले चुनावको मिति तय भएकोमा प्रसन्नता प्रकट गर्नुभएको छ । प्रेस चौतारी नेपाल रुपन्देहीले आज बिहीवार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले भन्नुभयो, ‘चुनावको मिति तय भएको छ, हामी खुसी छौँ । तर यस्ता महत्त्वपूर्ण विषयमा देशका प्रमुख दललाई थाहा हुनुपर्छ ।’

हाम्रो संविधानले मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरेको जनाउँदै नेम्वाङले हरेक गठबन्धन र तालमेल संसदीय मूल्य मान्यता बमोजिम हुनुपर्नेमा त्यसो हुन नसकेको बताउनुभयो । लोकप्रिय मतका आधारमा गएको पालिका चुनावमा एमाले पहिलो स्थानमा रहेको प्रसङ्ग उहाँले उल्लेख गर्नुभयो । ‘हामीले समयमै चुनाव घोषणा हुनुपर्छ भनेको थियौँ । घोषणा गरेको मितिमा भयरहित वातावरणमा चुनाव सम्पन्न हुनुपर्छ भन्ने नै हाम्रो चाहना हो । त्यस कुरामा हाम्रो सहयोग रहन्छ’, उहाँले भन्नुभयो ।

चुनावमा आफ्ना एजेण्डा लिएर जनताका बीचमा जान एमालेले तयारी गरेको जनाउँदै उहाँले आउने चुनावमा जनताको आशीर्वाद रहनेमा विश्वस्त रहेको बताउनुभयो । ‘आवधिक चुनाव घोषणा भएको छ, अब जनताले फैसला गर्नेछन् । चुनावमा हामीले उत्साहपूर्वक सहभागी हुनुछ’, उपाध्यक्ष नेम्वाङले भन्नुभयो । पार्टीले चुनावको तयारीका क्रममा विभिन्न प्रदेशमा प्रशिक्षण चलाइरहेको बताउँदै उहाँले दृढ विश्वासका साथ जनताका बीचमा जाने तयारीमा रहेको उल्लेख गर्नुभयो ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव मङ्सिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको छ । रासस

प्रकाशित : १९ श्रावण २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६