जीवनशैली

मुग्लिन–नारायणगढ सडक खण्ड फेरि ठप्प



काठमाण्डौ २० साउन – मुग्लिन–नारायणगढ सडक खण्ड फेरि ठप्प भएको छ । गएराति २ बजेदेखि मुग्लिन–नारायणगढ सडक खण्ड फेरि बन्द भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी एवम् प्रवक्ता नरहरि अधिकारीका अनुसार भरतपुर महानगरपालिका–२९ मा पर्ने केराबारी ठूलो पहिरो गएको छ । तीन वटा डोजरको सहायताले पहिरो पन्छाउन थाले पनि एउटाको टायर पन्चड भएकाले अहिले दुई वटाले पहिरो हटाइरहेका छन् ।
पहिरो हटाउन समय लाग्ने प्रहरीले जनाएको छ । गएको सोमवार राति केराबारीमा नै गएको ठूलो पहिरोका कारण २४ घण्टासम्म यात्रु जाममा परेका थिए । त्यसपछि खुलाइएको सडकमा मङ्गलवार फेरि पहिरो खसेको थियो ।
बुधवार बिहान ९ बजे पहिरो पन्छाएर सडक खुलाइएको थियो । तर, गएराति फेरि पहिरो गएको हो । पहिरो गएको केराबारीमा लेदोमाटोसहित ढुङ्गैढुङ्गा थुप्रिएको छ । यसले गर्दा पानी पर्नासाथ थुप्रिएको माटो‚ ढुङ्गा र गेग्रान बग्दै सडकमा थुप्रिने गरेकाले सडक अवरुद्ध हुने गरेको छ ।
काठमाण्डौलाई जोड्ने मुख्य मार्ग भएकाले यो सडक खण्डमा दैनिक हजारौँ गाडी चल्छन् । तर, पहिरोका कारण हरेक दिनजसो यात्रुले सास्ती पाउने गरेका छन् ।

प्रकाशित : २० श्रावण २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६