काठमाडौं, २० साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज जापान जाँदै हुनुहुन्छ । आज राती १०ः३० मा प्रचण्ड जापान उड्ने उहाँको सचिवालयले जनाएको छ।
नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन प्रचण्ड जापान जान लाग्नुभएको हो । प्रचण्ड साउन २५ मा स्वदेश फर्किनुहुनेछ ।
प्रचण्डसँगै उहाँको सचिवालयमा रहेका चार जना पनि जापान जान लागेको स्रोतले बताएको छ। जापानमा प्रचण्डले राजनीतिक भेटघाट गर्नेबारे भने केही टुंगो भएको छैन। प्रचण्डले यसअघि असार अन्तिममा भारतको भ्रमणमा जानुभएको थियो ।








प्रतिक्रिया