प्रदेश

सत्तारुढ गठबन्धनले भदौ पहिलो साता भागबण्डा टुंग्याउने




काठमाण्डौं, २० साउन ।
सत्तारुढ पाँच दलीय गठबन्धनले भदौ पहिलो साताभित्र १६५ निर्वाचन क्षेत्रको भागबण्डा मिलाउने भएको छ । सरकारले मंसिर ४ गते निर्वाचन मिति घोषणा गरेपछि चुनावी तालमेल र भागबण्डाबारे छलफल गर्न शुक्रबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा कार्यदलमार्फत सिटको भागबण्डा मिलाउन दलहरु सहमत भएका हुन् ।
सत्ता गठबन्धनमा रहेका दलहरुले सिट भागबण्डामा आआफ्नै प्रस्ताव अघि सारेका छन् । तर शुक्रबारको बैठकमा कुनैपनि दलले सिट दावी नगरेको नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले जानकारी दिए ।

‘आजको बैठकमा कार्यदल बनाउने र त्यसैमार्फत अघि बढ्ने निर्णय भएको छ’, भुसालले भने, ‘सिटको दावी कसले कति भनेर छलफल भएन ।’ यसअघि काँग्रेसले ९५ देखि १०० सिट आफुले पाउनुपर्ने बताउदै आएको छ भने माओवादी केन्द्रले ५० माथि दावी गर्दै आएको छ । त्यस्तै नेकपा एकीकृत समाजवादी २० र जनता समाजवादीले १५ देखि २० सिटमा दावी गर्ने नेताहरुले बताउदै आएका छन् ।

प्रकाशित : २० श्रावण २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६