प्रदेश

प्रतिनिधि र प्रदेश सभा चुनावका लागि दल दर्ता सुरु



काठमाण्डौ, २२ साउन । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि हुने चुनावका लागि राजनीतिक दल दर्ता सुरु भएको छ । अहिलेसम्म चार,पाँच दलले आयोगमा आफ्नो दल दर्ता गराएका निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले उज्यालोलाई जानकारी दिनुभयो ।

आउँदो ३१ गतेसम्म निर्वाचन आयोगमा कार्यालय समयमा दल दर्ता गर्न पाइन्छ । आयोगका अनुसार दल दर्ताको निवेदनसँगै राजनीतिक दलले आफ्नो विवरण, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको सङ्ख्या, वार्षिक लेखा परीक्षण प्रतिवेदन पेस गरेको मिति र दलको केन्द्रीय स्तर र प्रदेश स्तरको कार्यकारिणी समितिको पछिल्लो चुनाव भएको मिति उल्लेख गर्नुपर्नेछ ।

दलले निवेदन दिँदा प्रतिनिधि सभा सदस्यको छुट्टै र प्रदेश सभा सदस्यको हकमा प्रदेशगत रूपमा सात वटा प्रदेशका लागि छुट्टाछट्टै निवेदन पेस गर्नुपर्नेछ । प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव आउँदो मङ्सिर ४ गते हुँदैछ ।

प्रकाशित : २२ श्रावण २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६