प्रदेश

नेपाल बार एशोसियशन जिल्ला अदालत बार एकाई कपिलवस्तुको अध्यक्षमा खड्का निर्वाचित




कपिलवस्तु, २२ साउन ।
नेपाल बार एशोसियशन जिल्ला अदालत बार एकाई कपिलवस्तुको अध्यक्षमा चन्द्र बहादुर खड्का निर्वाचित हुनुभएको छ । सम्पन्न निर्वाचनमा खड्काले २६ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो भने उहाँका प्रतिस्पर्धी भोला प्रसाद विश्वकर्माले २१ मत प्राप्त गर्नुभएको छ । अध्यक्षमा निर्वाचित खड्का नेकपा एमाले को पेशागत संगठन प्रगतिशिलि कानुन व्यवसायी संघ जिल्ला अध्यक्ष पनि हुनुहुन्छ ।

त्यस्तै उपाध्यक्षमा राजु कुमार श्रीवास्तव, सचिवमा कृष्ण प्रसाद पौडेल, कोषाध्यक्षमा कृष्ण बन्जाडे निर्वाचित हुनुभएको छ ।
अध्यक्षमा निर्वाचित खड्काले नेकपा एमाले जिल्ला सल्लाहकार परिषद सदस्य एवं जिल्ला निर्वाचन बिभाग उप–प्रमुखको जिम्मेवारी सम्हाल्नुभएको छ ।

खड्काले विभिन्न निर्वाचनलाई भयरहित र स्वतन्त्र रुपमा सम्पन्न गर्दै आउनुभएको छ । अध्यक्षमा निर्वाचित भएसंगै खड्काले बारलाई सन्तुलित र निश्पक्ष तरिकाले अगाडि बढाउने बताउनुभयो ।

प्राप्त मतको विवरणः

प्रकाशित : २२ श्रावण २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६