प्रदेश

दाङमा माहुरीले टोकेर एक जनाको मृत्यु




दाङ, २२ साउन । दाङमा भिरे माहुरीले टोकेर एक जनाको मृत्यु भएको छ। राजपुर गाउँपालिका वडा नम्बर ७ लैबरुवा निवासी ३५ वर्षीय खीमबहादुर कुमालको वन माहुरीले टोकेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेशप्रसाद काफ्लेले जानकारी दिए।

शनिबार अपराह्न ५ बजेको समयमा साथीहरूसँग घर नजिकैको जंगलमा वन माहुरीको महको लागि चाका काट्न गएका थिए। सिमलको रुखमा माहुरी काट्न चढेका बेला माहुरीले टोकेर गम्भीर घाइते भएका खीमबहादुरलाई उपचारका लागि लमही अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक कुमालको शवलाई पोस्टमार्टमका लागि लमही अस्पताल राखिएको छ।

प्रकाशित : २२ श्रावण २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६