हरि घिमिरे,
बाणगंगा २२ साउन ।
स्वच्छ दुध उत्पादन तथा बिक्री वितरण उप–आयोजना सम्बन्धी समिक्षा कार्यक्रम गरिएको छ । शनिवार बाणगंगा वडा न. ८ मा रहेको सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लि.को सेवा केन्द्र, कृषि तथा पशुपंछी विकास मन्त्रालय, नेपाल लाईभस्टक सेक्टर ईनोभेसन आयोजना सहयोग ईकाई बुटबल बिच साझेदारीमा सञ्चालन भएको स्वच्छ दुध उत्पादन तथा बिक्री वितरण उप आयोजना को समिक्षा गरिएको हो । समिक्षामा स्वच्छ दुध उत्पादन तथा बिक्री वितरणका लागि कृषि तथा पशुपंछी विकास मन्त्रालय, नेपाल लाईभस्टक सेक्टर ईनोभेसन आयोजना सहयोग ईकाई बुटबल कोषेढुङ्गा सावित भएको बताईएको छ ।
२ करोड लगानि रहेको यस आयोजनाको १ करोड अनुदान तथा कृषकको १ करोड लगानिमा परियोजना सञ्चालन गरिएको हो । जसमा पहिलो चरणको काम सम्पन्न गरि दोस्रो चरणको काम सुरु गरिएको छ । कार्यक्रममा उप आयोजना सञ्चालन समिति संयोजक कृष्णप्रसाद न्यौपानेले जानकारी तथा समिक्षा गनुभएको थियो । सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लि. का अध्यक्ष लक्षमण बेल्वासेको अध्यक्षता, बाणगगां नगरपालिका पशु विकास शाखा बाणगगांका अधिकृत गिरिराज पौडेलको आतिथ्थतामा समिक्षा कार्यक्रम गरिएको हो । यस्तै संस्थाका उपाध्यक्ष कुलराज पौडेलको स्वागत रहेको कार्यक्रमको सञ्चालन संस्थाका कर्मचारी मदन पौडेलले गर्नुभएको थियो ।
प्रतिक्रिया