प्रदेश

प्रदेश सांसद विष्णु पन्थीले संघको चुनाव लड्न सक्ने बलियो सम्भावना




बाणगंगा, २३ साउन ।
सरकारले मंसीर ४ गते संघ र प्रदेश सभा सदस्य निर्वाचनको मिति तोकेको छ । तीन प्रतिनिधिसभा र ६ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको कपिलवस्तुमा पनि चुनावी मिति घोषणासंगै कुन नेता कुन क्षेत्रबाट उठ्ने भन्नेबारे चर्चा हुन लागेको छ । गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा एक्ला एक्लै चुनावी मैदानमा उत्रिएका जिल्लाका दलहरु आउँदो चुनावमा कसरी अगाडी बढ्ने हुन यसै भन्न सकिने अवस्था छैन् ।

यद्यपि केन्द्रमा रहदै आएको पाँच दलीय गठबन्धनको प्रभाव जिल्लामा आसन्न निर्वाचनमा पर्ने देखिन्छ । गठबन्धनको चुनावी मोडालिटी भने बनिसकेको छैन् । उत्तर दक्षिण समेट्ने संघीय निर्वाचन क्षेत्र रहेको कारण जिल्लामा कुनै पनि दललाई सहजै रुपमा चुनाव जित्ने आकंलन गर्न भने सकिदैन् ।

०७४ सालको संघ र प्रदेशको निर्वाचनमा बामगठबन्धनबाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका विष्णु पन्थीले आसन्न निर्वाचनमा प्रतिनिधिसभा १ बाट चुनाव लड्ने इच्छा राखेका छन् । त्यो बेला बामगठबन्धनबाट आफ्ना निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उम्मेद्वार पुरन थारुलाई भारी मतले पराजित गरेका पन्थी आउँदो चुनावमा प्रदेश छाडी संघबाट चुनाव लड्ने इच्छा राखेका हुन् ।

हालै लुम्बिनी प्रदेशको सावर्जनिक लेखा समितिका सभापति समेत बनेका पन्थी केहीँ महिना पहिला प्रदेश सभामै चुनाव उठ्ने बताउँदै आएका थिए । पछिल्लो समय भने पन्थीले संघमा चुनाव लड्ने इच्छा देखाएका हुन् । एमाले भित्रको टिकट वितरणको सम्भावनालाई दृष्टिबोध गरी पन्थीले संघमा चुनाव लड्ने गरी आफूलाई सुरक्षित राखेका हुन् । प्रदेशसभामा टिकट पाउने सम्भावना त्यति बलियो नदेखे पछि पन्थीले संघमा इच्छा देखाएको हुन सक्ने उनी निकटस्थ स्रोत बताउँछ ।

हाल प्रतिनिधिसभा १ को संघीय सांसद नेकपा माओवादी केन्द्र का चक्रपाणी खनाल छन् । बामगठबन्धनबाट खनाल ०७४ को निर्वाचनमा संघको चुनाव जितेका थिए । केन्द्रको ५ दलीय गठबन्धन भयो भने खनाल नै यस निर्वाचन क्षेत्रबाट चुनाव लड्ने लगभग पक्कापक्की जस्तै छ । तत्कालिन कांग्रेस उम्मेद्वार दीपकुमार उपाध्यायसंग १ हजार कम मतले विजयी बनेका खनाललाई गठबन्धनले उम्मेद्वार बनायो भने पन्थीसंग उनको प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : २३ श्रावण २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६