प्रदेश

राप्रपाको दोस्रो चरणको आन्दोलन, शंख फुकेर मन्दिर परिक्रमा




कपिलवस्तु, २३ साउन ।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा द्धारा घोषणा गरिएको दोस्रो चरणको आन्दोलन अन्तर्गत सोमबार कपिलबस्तु जिल्ला क्षेत्र नम्बर १ बाणगंगा ५ लक्षमणघाट धाममा मन्दिर परिक्रमा, जलार्पण तथा कोणसभा गरिएको छ ।

हिन्दु राष्ट्र पुर्नस्थापनको दबाबको लागि राप्रपा कपिलवस्तु र नेपाल सनातन धर्म संस्कृति संगठन कपिलबस्तुको आयोजनामा क्षेत्रिय अध्यक्ष प्रकाष भुषालले शंख फुकि मन्दिर परिक्रमा र लक्षमणघाट नदिमा जलार्पण गरि लक्षमणघाट पुल सम्म पैदल यात्रा गरि पुनः सोहि ठांउमा कोणसभा सम्पन्न गरिएको पार्टीका केन्द्रिय सदस्य धुर्व रायमाझीले जानकारी दिनुभएको छ । कोण सभालाई पार्टीका केन्दिय सदस्य ध्रुब रायमाझि, प्रमोद मिश्र, जिल्ला अध्यक्ष नारायण बहादुर सिंले सम्बोधन गर्नु भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै केन्दिय सदस्य रायमाझिले नेपाली जनताको जनमत बिना बिदेशिको ईसारमा डलरको लोभमा केहि सिमित नेतालाई किनेर नेपालमा धर्म निरपेक्ष घोषणा गरिएकोले अब ति दल र नेतालाई दण्ड गर्ने बेला आएकोले चुनावमा ति नेताको बाकस खालि गरिदिन आग्रह गर्नुभयो । उहाँले जुन मठ मन्दिर जांदा मान्छे भिड र धर्म प्रति आस्था दिन प्रति दिन बढ्दै जाने तर भोट चाहि त्यहि धर्म निरपेक्ष पार्टि र नेतालाई दिन नसक्नु दुःखत भएको बताउदै नेपालको मौलिक संस्कृति परम्परा बचाउन र नेपाललाई श्रीलंका र युक्रेन हुनबाट जोगाउन पनि एक पटक राप्रपालाई सहयोग गर्नुपर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा पार्टीका जिल्ला उपाध्यक्ष चन्द्र भण्डारी, भिष्मराज ढुंगाना, प्रदेश अध्यक्ष रामु शर्मा, नगर अध्यक्ष गिरिराज कडेंल, युवकका नगर अध्यक्ष राजेन्द्र थारु, किसान संगठनका अध्यक्ष खेमराज बेल्बासे, सचिव भिम मल्ल, महिला संगठन अध्यक्ष जया सुनार, दिपा चौधरी र रुकमणि चौधरि, भोगेन्द्र उचाइ ठकुरि लगायतको आतिथ्यता रहेको थियो । भुमि राज गिरिको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित : २३ श्रावण २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६