प्रदेश

फोहर बोक्ने गाडी तोडफोड गर्ने अपराधीलाई कडा कारबाही हुनुपर्छः मेयर साह



काठमाण्डौ, २४ साउन । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साहले फोहर बोक्ने गाडी तोडफोड गर्नेलाई अपराधी भन्दै उनीहरूलाई कानुनअनुसार कडा कारबाही हुनुपर्ने बताउनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मेयर साहले तोडफोड गर्नेहरूबाट नै यसको भरपाइ तथा क्षतिपूर्ति गराउनुपर्ने र यसका लागि महानगरले सम्बन्धित संयन्त्र तथा निकायहरूसँग समन्वय गरिरहेको बताउनुभएको छ । उहाँले यो तोडफोडलाई फोहर व्यवस्थापनलाई निष्कर्षमा पुग्न नदिन गरिएको पछिल्लो चलखेलका रूपमा बुझेको बताउनुभएको छ ।

प्रकाशित : २४ श्रावण २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६