जीवनशैली

रुपन्देही ट्राफिक प्रहरीको अभियान सुरु



भैरहवा २७ श्रावण
के तपाईले तिव्र गतिमा सवारी कुदाउनु गर्ने भएको छ ? सवारी चलाउदा ६० किलोमिटर प्रतिघण्टाको गति भन्दा बढी गतिमा कुदाए तपाईलाई ज्यानको जोखिम हुन्छ नै यो भन्नै पर्दैन । तर ज्यान जान जोगिए पनि तिव्र गतिमा कुदाए तपाई जरिवानाबाट जोगिन सक्नु हुन्न । तिव्र गतिमा सवारी चलाउनेहरुका लागि अहिले जिल्ला ट्राफिक कार्यालय रुपन्देहीले धराप नै थापेको छ । बिभिन्न बहाना गरेर जरिवानाबाट जोगिन खोज्नेहरुको लागि यो धरापले प्रमाण पनि दिने गरेको छ ।
ट्राफिक प्रहरीले ओभर स्पिड डिटेक्सन “राडार गन” ले तिव्रगतिमा हुईकिने सवारी साधनलाई ठाउँका ठाउँ कारवाही गर्न थालेको छ । करिब १ किलोमिटर परबाट नै तिव्र गतिमा आउने सवारी साधनलाई यसले पहिचान गर्छ र यसको जानकारी ट्राफिक प्रहरीलाई दिन्छ । राडार गनले तिव्र गतिमा चल्ने सवारी साधनको नम्बर प्लेट सहितको फोटो खिचेर यसको गतिसहितको विवरण स्टोरेज गरेको हुन्छ । जसलाई तुरुन्तै प्रिन्ट समेत गरेर प्रमाणको लागी सवारी धनिले लैजान सक्ने ब्यवस्था रहेको छ ।

प्रकाशित : २७ श्रावण २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६