प्रदेश

रुकुम पूर्व दुर्घटना अपडेटः घाइते भएका प्रहरीलाई हेलिकप्टरमार्फत कोहलपुर पठाइयो



रुकुम, २८ साउन । रुकुम पूर्वमा सुरक्षा निकायका प्रमुखहरु चढेको जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । पुथा उत्तरगंगा गाउँपालिका ११ सेरामाथिको मोडमा प्रहरीको लु १ झ ६६० नम्बरको जीप दुर्घटना हुँदा रुकुम पूर्वका प्रमुख नायब उपरीक्षक डीएसपी प्रकाश डाँगी र सशस्त्र प्रहरी बलका रुकुमपूर्व प्रमुख नायब उपरीक्षक डीएसपी रविन श्रेष्ठसहित ६ जना घाइते भएका हुन् ।

घाइते भएकाहरुलाई हेलिकप्टरमार्फत उद्धार गरेर थप उपचारको लागि बाँकेको कोहलपुर पठाइएको प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले जानकारी दिनुभयो । प्रहरीको लु १ झ ६६० नम्बरको जीप सडकबाट खस्दा प्रहरीका डीएसपी डाँगीलाई टाउकोमा गहिरो चोट लागेको छ ।

प्रकाशित : २८ श्रावण २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६